पोखरा म्याराथन गण्डकी प्रदेशतर्फ लमजुङका बस्नेतलाई उपाधि

पाेखरा | फागुन ६, २०७९

पोखरा म्याराथन गण्डकी प्रदेशतर्फ लमजुङका बस्नेतलाई उपाधि


पोखराः    १७ औं संस्करणको सफल पोखरा म्याराथन गण्डकी प्रदेशतर्फको उपाधि लमजुङका रामजी बस्नेतले जितेका छन् । उनले ४२.१९५ दुरी २ घण्टा ४१ मिनेट ३१ सेकेण्डमा पूरा गर्दै उपाधि जितेक हुन् । 


निर्धारित दुरी २ घण्टा ४५ मिनेट १३ सेकेण्डमा पूरा गर्दैै गोर्खाका निरज भट्ट दोस्रो भए भने गोर्खाका नै श्याम मगराति तेस्रो भए । उनले २ घण्टा ५० मिनेट ३ सेकेण्डमा दुरी पूरा गरे । 


गण्डकी प्रदेशस्तरीय म्याराथनका  विजेता बस्नेतले ५० हजार, दोस्रो भएका भट्टले ३० हजार र तेस्रो भएका मगरातिले २० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे । 


यस्तै पोखरा म्याराथन १० किलोमिटर पोखरा म्याराथन पुरुषतर्फ त्रिभुवन आर्मी क्लबका संजय श्रेष्ठले ३६मिनेट २९ सेकेण्डमा दुरी पूरा गर्दै प्रथम भएका छन् । यस्तै आर्मीका नै सुवास कार्कीले ३६मिनेट ५४ सेकेण्डमा दुरी पूरा गर्दै दोस्रो भएका छन् भने ३७ मिनेटमा दुरी पूरा गर्दै दिपक सुहान तेस्रो भएका छन् । 


यस्तै १० किमी महिलातर्फ नेपाल एपिएफ क्लबका आशा रावतले ५० मिनेट १२ सेकेण्डमा दुरी पूरा गर्दै प्रथम भइन् । नेपाल पुलिस क्लबकी बिर्समा कुमालले ५० मिनेट २९ सेकेण्डमा दुरी पूरा गर्दै दोस्रो भइन भने त्रिभुवन आर्मी क्लबकी कल्पना खड्काले ५१ मिनेट ६सेकेण्डमा दुरी पूरा गर्दै तेस्रो भइन् । 


१० किमीतर्फ महिला÷पुरुषतर्फ प्रथम, द्धितीय र तृतीय भएका उनीहरुले क्रमशः ३०, २० र १५ हजार पुरस्कार प्राप्त गरे । 

यस्तै १७ औं संस्करणको अन्र्तराष्ट्रिय म्याराथन अन्र्तगत ह्विल चियर प्रतियोगितामा दान थिन प्रथम, सुरज गौली दोश्रो र जीवन श्रेष्ठ तेश्रो भए यस्तै महिलातर्फ लक्ष्मी सुनार प्रथम, धना मगर दोस्रो र ववित्रा बिक तेस्रो भइन् ।

 


दृष्टिविहिन महिला तर्फको दौडमा विनिता पुन प्रथम, सृजना परियार दोस्रो र देवि बराल तेस्रो भइन् भने पुरुषतर्फ विरेन्द्र लामिछाने प्रथम, आसिक खड्गी दोस्रो र प्रेम क्षेत्री तेस्रो भए । 


ह्विल चियर र दृष्वििहिन प्रतियोगिताका प्रथम, दोस्रो र तेस्रो महिला/पुरुष धावकहरुले क्रमशः १० हजार, ७ हजार र ५ हजार पुरस्कार प्राप्त गरे । 
 


 

अमेरिकाको न्यूयोर्कस्थित ला गार्डिया विमानस्थलको धावनमार्गमा एयर क्यानडाको एउटा विमान र सवारी साधन एकापसमा ठोक्किएपछि ‘विमानस्थल आपतकाल’ घोषणा गरिएको छ।   संघीय उड्डयन प्रशासन (एफएए) ले...

थप पढ्नुहोस्

म्यानचेस्टर सिटीले आर्सनल हराउँदै काराबाओ कप (इएफएल कप) को उपाधि जितेको छ।   वेम्बलीमा भएको फाइनल खेलमा सिटीले आर्सनलमाथि २-० गोलको जित दर्ता गर्‍यो।   दोस्रो हाफको सुरुवाती चार म...

थप पढ्नुहोस्

राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्दा ठुलो आर्थिक अनियमितता भएको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अर्को भ्रष्टाचार मुद्दा दायर गरेको छ ।   ...

थप पढ्नुहोस्